Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

नेपालकै पहिलो नृत्य सूत्रको पुस्तक ‘नृत्य सूत्र तथा लिपि’ मन्त्री आलेद्वारा सार्वजनिक

नेपालकै पहिलो नृत्य सूत्रको पुस्तक ‘नृत्य सूत्र तथा लिपि’ मन्त्री आलेद्वारा सार्वजनिक

  • काठमाडौं । नृत्य अन्वेषक तथा अध्येता शिवराम कासुला लिखित ‘नृत्य सूत्र तथा लिपी’ शीर्षकको पुस्तक सार्वजनिक भएको छ । शनिबार थापागाउँस्थित लेखनकुञ्जमा आयोजित कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले पुस्तकको लोकार्पण गरे । लोकार्पण समारोहमा लेखकसँगै संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य श्याम तमोट, यही प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्मा, जगदम्बाश्री सम्मान विजेता भैरवबहादुर थापा र गोस्ट राइटिङकाअध्यक्ष कमल ढकालको सहभागिता रहेको थियो । 

    onlinepatrika
    Arghakhachi

    पुस्तक लोकार्पण समारोहमा बोल्दै नेपाल संगीत तथा नाट्य प्रतिष्ठानकी नृत्य विभाग प्रमुख नमुना शर्माले शिवराम कासुलाले दुर्लभ काम सम्पन्न गरेको धारणा राखेकी थिइन् ।

    AGNI GROUP

    ‘दुई वर्षअघि हाम्रै संस्थाको नेतृत्वमा यो विषयमा छलफल पनि भएको थियो । त्यतिबेला पनि मलाई उहाँले कठिन मेहनतको काम गर्नुभएछ भन्ने लागेको थियो’ उनले भनिन्, ‘अहिले हेर्दा पनि त्यही लाग्छ । यसले नेपाली नृत्यको अभिलेखीकरणमा मद्दत पुर्‍याउला नै, यो विदेशीका लागि पनि उत्तिकै महत्वपूर्ण दस्तावेज बन्छ भन्ने विश्वास छ ।’ 

    भर्खरै ‘नृत्याक्षर विज्ञान’बाट जगदम्बाश्री प्राप्त गरेका ९० वर्षीय भैरवबहादुर थापाले कासुलाको कृतिलाई विश्वकै पहिलो भनेर दाबी गरिहाल्न नमिल्ने भए पनि नृत्य विधामा यस्तो किताब आउनु सुखद रहेको धारणा राखेका थिए । उनले ६१ वर्ष लगाएर आफूले किताब निकालेको जानकारी गराउँदै शिवरामको किताबले नृत्य व्याकरणको कमीलाई पूरा गर्ने विश्वास व्यक्त गरे । 

    पुस्तक विश्वकै पहिलो हो कि हैन भन्ने कुरा आफूले निक्र्यौल गर्न नसकेपनि कमेसकम नेपालमा यस्तो किताब पहिलोपल्ट प्रकाशित भएको संगीत तथा नाट्य प्रतिष्ठानका सदस्य सचिव श्याम तमोटको दाबी थियो ।  ‘चित्र लिपिमा धेरै किताब होलान् तर अक्षर लिपिमा नृत्यसम्बन्धी अर्को यस्तो किताब मैले नेपालमा देखेको छैन । विश्वमा न सही कमसेकम नेपालको चाहिँ पहिलो पुस्तक नै हो,’ उनले भने ।

    लेखक शिवराम कासुलाले भने आफूलाई किताब तयार गर्न ३० वर्ष लागेको बताउँदै पुस्तकले अभ्यासमा रहेका नृत्यलाई भविष्यका लागि संग्रहित गर्न महत्वपूर्ण योगदान गर्न सक्ने विश्वास व्यक्त गरे ।

    ‘नृत्यको लिपि हुनु आफैँमा ऐतिहासिक कुरा हो । तर कोरियोग्राफ गरेको नृत्यलाई कसरी सूत्रमा राख्ने रु यही प्रयासमा किताबको जन्म भएको हो । योबाहेक नृत्य साधकका लागि महत्वपूर्ण दस्तावेज बनोस् भन्ने अप्रिप्राय पनि राखेको छु,‘ उनले भने, ‘यसले लोक, आधुनिक र शास्त्रीय सबै खाले नृत्यलाई सूत्रमा बाँध्ने उपाय बताउँछ । यो किताबबाट भावी पुस्ता लाभान्वित हुने विश्वास लिएको छु ।’

    प्रमुख अतिथि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले विश्वभर नै पहिचानको लहर चलेको बेलामा नेपालबाट नृत्यको आफ्नै लिपि आविष्कार हुनु र सार्वजनिक हुनु गर्वको विषय रहेको बताए । उनले भने, ‘नेपाल धर्म, संस्कृति र चाडपर्वका कारण विश्व मानचित्रमा छुट्टै देशको रुपमा प्रख्यात छ । यिनै कुरालाई अभिव्यक्त गर्ने गीत र नृत्यको लिपि बन्नु खुसीको कुरा हो । यसलाई अंग्रेजीमा अनुवाद गरेर व्यापक बनाउनु पर्छ ।’

    कार्यक्रममा मन्त्री आलेले सातैवटै प्रदेशका संस्कृति  समेटिने पुस्तक प्रकाशनका लागि मन्त्रालयबाट पहल गर्ने घोषणा पनि गरेका थिए । समारोहमा पद्मकन्या क्याम्पसका नृत्य विभागका विद्यार्थीले समूहमा दुई थरी नृत्य पनि प्रस्तुत गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij