Logo

Mar 29 2025 | २०८१, चैत १६ गते

Mar 29 2025 | २०८१, चैत १६ गते

पत्रकार महासंघ ओखलढुंगाको अध्यक्षमा न्यौपाने निर्विरोध

पत्रकार महासंघ ओखलढुंगाको अध्यक्षमा न्यौपाने निर्विरोध

  • काठमाडौं । नेपाल पत्रकार महासंघ ओखलढुंगा शाखाको अध्यक्षमा पूर्णप्रसाद न्यौपाने निर्विरोध निर्वाचित भएका छन् । महासंघको २७ औं महाधिवेशन अन्तर्गत १ पदमा १ व्यक्तिको मात्रै उम्मेदवारी परेपछि अध्यक्षमा न्यौपानेसहित १७ जना निर्विरोध निर्वाचित भएका हुन् ।

    महासंघको उपाध्यक्षमा रविन श्रेष्ठ, समावेशी उपाध्यक्षमा शारदा राई, सचिवमा मिनाकुमारी श्रेष्ठ (शेर्पा), सहसचिवमा नविन धमला र स्यारोन शेर्पा, कोषाध्यक्षमा रितादेवी तामाङ्ग निर्विरोध निर्वाचित भएका छन् ।

     

    राष्ट्रिय समाचार समिति, रेडियो नेपाल, नयाँ पत्रिका, भिजन एफएम, भिजन नेपाल साप्ताहिक, अनलाईन सरोकारलगायत सञ्चारमाध्यममा आबद्ध न्यौपाने ओखलढुंगाका सकृय पत्रकार हुन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij