Logo

Jun 27 2026 | २०८३, असार १३ गते

Jun 27 2026 | २०८३, असार १३ गते

बन्दीको रकम असुली गरेको आरोप

अभिषेकको घर खानतलासी

अभिषेकको घर खानतलासी

  • मोरङ
    जिल्ला प्रहरी कार्यालय मोरङले बन्दीहरूमाथि अनुचित प्रभाव पारेर अवैध रूपमा रकम असुली गरेको आरोपमा एक जनालाई विराटनगरबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार विराटनगर महानगरपालिका ८ बस्ने ४८ वर्षीय अभिषेक गिरीले मोरङ जिल्ला कारागार विराटनगरमा रहेका कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारेर अवैध रकम असुली गरिरहेको विशेष सूचनाका आधारमा निजको घर खानतलासी गरी घरबाटै पक्राउ गरिएको हो ।
     
    पक्राउ परेका गिरीलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ । यस  सम्बन्धमा आवश्यक अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij