काठमाडौं । फिफा विश्वकप २०२६ को उद्घाटन खेल तुलनात्मक रुपमा तनावपूर्ण रह्यो। आयोजक मेक्सीकोले सुरुवातबाटै दबाब दिएको खेलमा दक्षिण अफ्रिका २-० ले पराजित भयो। जितसँगै समूह ‘ए’ मा मेक्सिकोले ३ अंक जोड्न सफल भयो। यो खेल केवल तीन अंकका लागि मात्र देखिएन। यो खेलसँगै विश्वकप इतिहासका केही दुर्लभ कीर्तिमानहरू पनि स्थापित भए।
मेक्सिको सिटीस्थित ऐतिहासिक रंगशालामा भएको खेलमा जुलियन किन्योनेसले नवौँ मिनेटमा गोल गर्दै विश्वकप २०२६ को पहिलो गोलकर्ता बने। विश्वकपको ‘उद्घाटन’ खेलमा दोस्रो छिटो गोलको कीर्तिमान समेत जुलियनले बनाए।
उद्घाटन खेलमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी भने जर्मनीका फिलिप लाहम हुन्। उनले २००६ को विश्वकप उद्घाटन खेलमा छैटौं मिनेटमै गोल गरेका थिए।
विश्वकप उद्घाटन खेलमा सबैभन्दा धेरै रातो कार्ड
यो खेलमा कुल तीन खेलाडीले रातो कार्ड पाए। दक्षिण अफ्रिकाका स्पेफेलो सिथोले र थेम्बा ज्वाने तथा मेक्सिकोका सेजार मोन्तेस मैदानबाट बाहिरिए। विश्वकप उद्घाटन खेलमा तीन रातो कार्ड देखाइएको यो पहिलो घटना हो। साथै कतार विश्वकप २०२२ का ६४ खेलमा जम्मा चार रातो कार्ड देखाइएको थियो। तर २०२६ संस्करणको पहिलो खेलमै तीन रातो कार्ड देखिएपछि प्रतियोगिताले सुरुवातनै ववाद र सनसनिले भरिन पुग्यो।
त्यस्तै विश्वकपमा एकै खेलमा तीन रातो कार्ड देखिएको घटना दुई दशकपछि दोहोरिएको हो। यसले उद्घाटन खेललाई विश्वकप इतिहासकै सबैभन्दा तनावपूर्ण सुरुआती खेलमध्ये एक बनायो। जर्मनीमा २० वर्षअघि अर्थात २००६ मा भएको विश्वकपमा तीन खेलमा ३ वटा रातो कार्ड देखाइएको थियो भने नेदरल्यान्ड्स र पोर्चुगलको अन्तिम १६ को खेलमा ४ रातो कार्ड र १६ पंहेलो कार्ड देखाइएको थियो।


