Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

सशस्त्र प्रहरी बलको पूर्व तयारी

विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास

  • सशस्त्र प्रहरी बलद्वारा विपद् उद्धार सम्बन्धी कृत्रिम घटना अभ्यास कार्यक्रम आयोजना गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल नं २१ गण हे.क्वा. दक्षिणकाली, ललितपुर र मनसुन प्रतिकार्य अस्थायी सुरक्षा वेश लेलेको संयुक्त आयोजना र गोदावरी नगरपालिका अन्तर्गतको स्थानीय निकाय तथा प्राथमिक स्वास्थ्य चौकी लेलेसंगको सहकार्यमा विपद् उद्धार तथा प्रतिकार्य सम्बन्धी कृत्रिम घटना अभ्यास कान्ति लोकपथमा पर्ने ललितपुर जिल्ला गोदावरी नगपालिका वडा नं. ६ स्थित टिकाभैरव, लेलेमा आज सम्पन्न गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    विपद् उद्धार कृत्रिम घटना अभ्यास कार्यक्रममा सडक दुर्घटना तथा बाढीपहिरोको कारण हुनसक्ने दुर्घटनामा नागरिकको ज्यान जोगाउनु लगायत गतिविधि गरिएको थियो । वर्षायामको सुरुवातसँगै आउने सम्भावित प्राकृतिक विपद् बाट हुन सक्ने जनधनको क्षतिलाई न्यूनीकरण गर्न र विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले उक्त अभ्यास कार्यक्रमको आयोजना गरिएको हो ।

    AGNI GROUP


    विपद्को समयमा तत्काल कसरी परिचालन हुने, घाइतेको उद्धार कसरी गर्ने र प्राथमिक उपचार कसरी पुर्याउने भन्ने विषयमा सशस्त्र प्रहरी बल, नेपालका तालीम प्राप्त उद्दारकहरुले कृत्रिम घटनाको प्रयोगात्मक अभ्यास गरेका हुन्। विपद्को घडीमा सुझबुझले धेरैको ज्यान जोगाउन सकिने हुनाले सुरक्षा निकायलाई सधैँ तयारी अवस्थामा राख्न यस्ता अभ्यास कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने सशस्त्र प्रहरी बल, नेपाल नं २१ गण हे.क्वा. दक्षिणकाली, ललितपुरका गणपति लकेश कुमार तुम्बाहाङ्गफेले बताउनुभयो ।

    गोदावरी नगपालिका वडा नं. ५ का वडा अध्यक्ष मिलन सिलवालले यस्ता किसिमका अभ्यास तथा पुर्वतयारीले परेको बखतमा छिटो र सुरक्षित साथ उद्दार कार्यमा परिचालन भई नागरिकका जीवन बचाउन सकिने बताउनुभयो । 

    afp.png
    सशस्त्र प्रहरी बल, नेपाल नं २१ गण हे.क्वा.दक्षिणकाली, ललितपुर र मनसुन प्रतिकार्य अस्थायी सुरक्षा वेश लेलेको संयुक्त आयोजना र गोदावरी नगरपालिका अन्तर्गतको स्थानीय निकाय तथा प्राथमिक स्वास्थ्य चौकी लेलेसंगको सहकार्यमा विपद् उद्धार तथा प्रतिकार्य सम्बन्धी कृत्रिम घटना अभ्यास कान्ति लोकपथमा पर्ने ललितपुर जिल्ला गोदावरी नगपालिका वडा नं. ६ स्थित टिकाभैरव, लेलेमा आज सम्पन्न गरेको हो ।
    WhatsApp Image 2026-06-08 at 14.38.35.jpeg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij