Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

अमेरिका र इरानबीच दुईदिनदेखि हमला रोकियो, वार्ताको सम्भावना बलियो

अमेरिका र इरानबीच दुईदिनदेखि हमला रोकियो, वार्ताको सम्भावना बलियो

  • काठमाडौं । अमेरिका र इरानले पछिल्ला दुईदिनयता एकअर्कामाथि  सैन्य आक्रमण नगरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

    onlinepatrika
    Arghakhachi

    यसले खाडी क्षेत्रको समुद्री ढुवानी र तेल उद्योगमाथि परेको तत्कालको सैन्य दबाब केही कम भएको विश्लेषण गरिएको छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी दूत माइक वाल्ट्जले राष्ट्रपति डोनाल्ड ट्रम्पले कूटनीतिक समाधानका लागि वार्ताको अवसर खुला राखेको बताएका छन् ।

    AGNI GROUP

    इरानले पनि मध्यपूर्वमा रहेका अमेरिकाका साझेदार राष्ट्रहरूमाथि गरिँदै आएका आफ्ना जवाफी आक्रमणहरू हाललाई रोकेको जनाएको छ। फक्स न्युज सन्डेसँग कुरा गर्दै वाल्ट्जले अमेरिकी सेना पूर्णरूपमा तयारी अवस्थामा रहे पनि राष्ट्रपति ट्रम्पले वार्तालाई प्राथमिकता दिँदै त्यसको परिणाम पर्खिरहेको बताएका छन् ।

    रणनीतिक रूपमा अत्यन्त महत्त्वपूर्ण होर्मुज जलमार्गमा भएको सैन्य तनावका कारण दुवै देशबीचका कूटनीतिक प्रयास केही समयका लागि अवरुद्ध थिए । यस अवधिमा अमेरिकाले इरानमाथि हवाई आक्रमणहरू गरेको थियो भने इरानले पनि त्यसको जवाफमा विभिन्न सैन्य कारबाही गरेको थियो । यसले द्वन्द्वलाई मध्यपूर्वका विभिन्न सैन्य अखडासम्म विस्तार गरेको थियो ।

    अमेरिकाले इरानमाथि लगातार १३ रातसम्म हवाई आक्रमण गरेको थियो । तर जुलाई २४, २५ र २६ का रातमा भने कुनै बमबारी भएको जानकारी सार्वजनिक भएको छैन । यसले दुवै पक्ष फेरि वार्ताको टेबुलमा फर्किने सम्भावना बलियो बनेको संकेत दिएको विश्लेषण गरिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij