Logo

Jul 26 2026 | २०८३, साउन १० गते

Jul 26 2026 | २०८३, साउन १० गते

इरान–अमेरिका आक्रमण नरोकिएपछि शान्ति वार्ताका लागि मध्यस्थकर्ता सक्रिय

इरान–अमेरिका आक्रमण नरोकिएपछि शान्ति वार्ताका लागि मध्यस्थकर्ता सक्रिय

  • काठमाडौं । इरान र अमेरिकाबीच लगातार जवाफमा हमलाहरू भइरहेको समय इरानले मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

    विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाइले सोमबार तेहरानमा साप्ताहिक पत्रकार सम्मेलनमा कतारले अमेरिका–इरान वार्ता पुनः सुरु गर्न र १० दिनको युद्धविरामका लागि नयाँ प्रस्ताव ल्याएको रिपोर्टबारे उनलाई सोधिएको प्रश्नको जवाफमा अन्य विवरण नदिई मध्यस्थकर्ताहरूबाट युद्धविरामका लागि कुटनीतिक प्रस्तावहरू प्राप्त गरेको पुष्टि गरेका हुन् ।

    AGNI GROUP

    बघाइले इरानको कूटनीतिक संयन्त्र अमेरिकाको हमलाको सैन्य जवाफसँगै सक्रिय रहेको बताएका हुन् ।

    उनले अमेरिकाले हालै गरेको नागरिक पूर्वाधार (पुल र चिकित्सा केन्द्र) माथिको हमलाको निन्दा गर्दै यसलाई ‘जनताको जीवन, सुरक्षा र मानवीय सम्मानको अधिकार’ को उल्लंघनको संज्ञा दिए ।

    जुन १८ मा वाशिङ्टनसँग हस्ताक्षर गरिएको शान्ति समझदारी पत्रबारे उनले भने, “उक्त सम्झौताको ‘पाठ पूर्ण रूपमा स्पष्ट छ’ र सम्झौताको वाचा तोड्न वाशिङ्टनसँग कुनै बहाना छैन ।”

    उनले तेहरानले ‘प्रतिबद्धता’ अनुसार अघि बढेको उनले बताए ।

    वाशिङ्टनले बारम्बार आफ्नो प्रतिबद्धता तोडेपछि तेहरानले पनि आफ्नो दायित्व रोकेको बताए ।

    हरमुज जलडमरूमध्यबारे उनले इरानले उक्त जलमार्गमाथि आफ्नो सार्वभौमिकता प्रयोग गर्ने र आफ्नो हितविरुद्ध कुनै ‘दुरुपयोग’ रोक्ने अडान दोहो¥याए ।

    अमेरिकाले गत हप्ता इरानका दक्षिणी प्रान्तहरूमा पटक–पटक हमला गरेको थियो र यसलाई ‘व्यावसायिक जहाजहरूलाई इरानबाट हुने खतरा कम गर्ने” उद्देश्यले गरिएको बताएको थियो ।

    इरानले जवाफमा कुवेत, बहराइन र जोर्डनमा रहेका अमेरिकी सैन्य आधार र सुविधाहरूलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको गरेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij