Logo

Jul 26 2026 | २०८३, साउन १० गते

Jul 26 2026 | २०८३, साउन १० गते

घुस रकमसहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

घुस रकमसहित लेखा अधिकृत अख्तियारको नियन्त्रणमा

  • काठमाडौं । सेवाग्राहीसँग घुस रकम लिएको आरोपमा काठमाडौँ महानगरपालिका वडा नं.३० का लेखा अधिकृत (छैटौँ) उद्धव भट्टराई पक्राउ परेका छन् ।

    onlinepatrika
    Arghakhachi

    स्थायी लेखा नम्बर (प्यान) बन्द गर्नका लागि आवश्यक पर्ने वडा कार्यालयको सिफारिस उपलब्ध गराउने क्रममा सेवाग्राहीसँग रकम माग गरेको भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनलाई नियन्त्रणमा लिएको हो ।

    AGNI GROUP

    अख्तियारको टंगालस्थित कार्यालयबाट खटिएको टोलीले भट्टराईलाई सेवाग्राहीबाट २१ हजार रुपैयाँ घुसररिसवत लिइसकेको अवस्थामा वडा कार्यालय परिसरबाट पक्राउ गरेको जनाएको छ ।

    आयोगका अनुसार सेवाग्राहीलाई कामका लागि अनावश्यक झन्झट दिई रकम माग गरेको भन्ने सूचनापछि निगरानी बढाइएको थियो । सोही क्रममा घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।

    पक्राउ परेका लेखा अधिकृत भट्टराईमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij