Logo

Jul 26 2026 | २०८३, साउन १० गते

Jul 26 2026 | २०८३, साउन १० गते

कायममुकायम प्रधानन्यायाधीशमा मल्ल

कायममुकायम प्रधानन्यायाधीशमा मल्ल

  • काठमाडौँ । प्रधानन्यायाधीश मनोजकुमार शर्माले सपना प्रधान मल्ललाई कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी दिएका छन्। शर्मा पाँचदिने भारत भ्रमणमा गएका बेला कायममुकायमको जिम्मेवारी न्यायाधीश मल्ललाई दिएका हुन्।

    onlinepatrika
    Arghakhachi

    बरिष्ठताको क्रममा पहिलो न्यायाधीश मल्ल नै भएकाले शर्मा भारत जाँदा उनलाई नै कायममुकायम प्रधानन्यायाधीसको जिम्मेवारी दिएका हुन्।

    AGNI GROUP

    वालेन्द्र शाह नेतृत्वको सरकारले चौंथो बरियतामा रहेका शर्मालाई प्रधानन्यायाधीश बनाएपछि मल्ल बरिष्ठकै स्थानमा रहेर काम गर्दै आएकी छिन्। बरिष्ठताको आधारमा प्रधानन्यायाधीश बनाएको भए मल्ल नै प्रधानन्यायाधीश हुने थिइन्।

    प्रधानन्यायाधीश शर्मा बनेपछि उनी १५ दिन विदामा बसेकी थिइन। उनी प्रधानन्यायाधीश नियुक्तिको बेला स्वागत गर्ने लाइनमा बसिनन्। तर, प्रधानन्यायाधीश शर्मा भारत जाँदा न्यायाधीश मल्लले खादा लगाएर विदाई गरेकी थिइन्।

    सर्वोच्च अदालतका अनुसार भारतका प्रधानन्यायाधीश सूर्यकान्तको मैत्रीपूर्ण निमन्त्रणामा शर्मा बिहिवार दिल्ली गएका हुन्। उनी सोमबार फर्कने कार्यक्रम रहेको छ। भ्रमण टोलीमा प्रधानन्यायाधीश शर्माकी पत्नी उमा र सहरजिस्ट्रार अमित उप्रेती सहभागी छन्। 

    WhatsApp-Image-2026-07-24-at-12.31.43-PM-1536x1023.jpeg
    undefined

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij