Logo

Jul 28 2026 | २०८३, साउन १२ गते

Jul 28 2026 | २०८३, साउन १२ गते

भारतीय परीक्षा प्रणाली सुधारका लागि कार्यदल गठन

भारतीय परीक्षा प्रणाली सुधारका लागि कार्यदल गठन

  • काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार देशको परीक्षा प्रणाली सुधार्न विशेष कार्यदल गठन गर्ने घोषणा गरेका छन् । यो घोषणा उनको प्रशासनका शिक्षा मन्त्रीले राजीनामा दिएको एक दिनपछि आएको हो । सामाजिक सञ्जालमार्फत सक्रिय कक्रोच जनता पार्टी (सिजेपी) ले राजधानी नयाँ दिल्लीको जन्तर मन्तर स्थलमा हजारौं प्रदर्शनकारी, विशेष गरी विद्यार्थीहरूलाई जम्मा पारेको थियो। यो हालका वर्षहरूमा भारतको सबैभन्दा ठूलो सरकारविरोधी प्रदर्शनमध्ये एक बनेको थियो।

    onlinepatrika
    Arghakhachi

    प्रधानमन्त्री मोदीले एक्समा पोस्ट गरेको भिडियोमा भनेका छन्, “सरकारले परीक्षा प्रणाली सुधारका लागि ‘उच्च शक्तिसम्पन्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । कार्यदलको नेतृत्व भारतीय प्रविधि कम्पनी ‘इन्फोसिस’का सह–संस्थापक नन्दन निलेकानीले गर्नुहुनेछ । कार्यदल परीक्षा सुधारमा केन्द्रित हुनेछ।”

    AGNI GROUP

    परीक्षा अनियमितता र  भारतकै अन्य समस्याविरुद्ध हप्तौँदेखि चल्दै आएको चरम बिन्दुमा पुगेको प्रदर्शन शनिबार शिक्षा मन्त्रीको राजीनामा र सरकारले अन्य मुख्य मागहरू स्वीकारेसँगै अन्त्य भएको छ । आइतबार प्रदर्शनकारीले प्रयोग गरेको क्षेत्रको सरसफाईका लागि दर्जनौँ नगरपालिका कर्मचारीहरू प्रदर्शन स्थलमा खटाइएको थियो । उनीहरूले केही घण्टाअघिसम्म भीडले विरोध गीत गाउँदै, नारा लगाउँदै र तीखा भित्तेलेखन गर्दै गरेका फोहोरलाई सफा गरेका छन् ।

    “हाम्रो परीक्षा प्रणाली विश्वसनीय, पारदर्शी हुनुपर्छ र यसले प्रविधिको अधिकतम उपयोग गर्नुपर्छ।” भिडियो सन्देशमा प्रधानमन्त्री मोदीले भनेका छन्, “सरकार आगामी परीक्षाहरूको विश्वसनीयता सकेसम्म चाँडो सुनिश्चित गर्न काम गर्नेछ ।”  

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij