Logo

Jun 13 2026 | २०८३, जेठ ३० गते

Jun 13 2026 | २०८३, जेठ ३० गते

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल

सिंहदरबारको केन्द्रीय क्यान्टिनमा भेटियो घुन लागेको दाल

  • काठमाडौं । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारस्थित केन्द्रीय क्यान्टिनमा घुन लागेको चनाको दाल, ओसिएको बदाम र फुटेको अण्डा फेला परेपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले रु दुई लाख एक हजार जरिवाना गरेको छ ।

    onlinepatrika
    Arghakhachi

    विभागले आज गरेको अनुगमनका क्रममा सो क्यान्टिनमा घुन लागेको १७ किलो चनाको दाल, ओसिएको ११ किलो नेपाली बदाम र १४ वटा फुटेको अण्डा भेटिएको थियो । विभागको टोलीले रु छ हजार पाँच सय ६० रुपैयाँ बराबरका ती अखाद्य वस्तु नष्ट गरेको छ।

    AGNI GROUP

    उक्त क्यान्टिन जि एण्ड बि क्याफे ग्रुपले सञ्चालन गर्दै आएको थियो ।

    विभागले आजै भक्तपुरको चाँगुनारायण नगरपालिका–३ स्थित जय छुमा गणेश शुद्ध खानेपानी प्रालिलाई खरिद बिल नराखेको पाइएपछि रु १० हजार जरिवाना गरेको छ । 

     
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij