Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । प्रतिनिधि सभाको बैठक २ बजेसम्मका लागि स्थगित गरिएको छ । बिहान ११ बजेदेखि शुरु हुने भनिएको बैठक विपक्षी दलहरुले आफ्नो अडान कायम राखेपछि शुरु हुन सकेको छैन ।
छलफल जारी रहेकाले संघीय संसद सचिवालयले सुचना जारी गर्दै बैठक २ बजेदेखि शुरु हुने जानकारी गराएको हो । संसदको अवरोध खुलाउन रास्वपा सभापति रवि लामिछानेले विपक्षी दलहरुसँग छलफल गरिरहेका छन् ।
विपक्षी दलहरुले प्रधानमन्त्रीले संसदमा सीमा बारे दिएको अभिव्यक्ति सच्याउनुपर्ने माग राख्दै संसद अवरोध गर्दै आएका छन् ।
प्रधानमन्त्रीको पत्र परराष्ट्रमन्त्रीले पढ्ने विपक्षीको प्रस्ताव रास्वपाले मानेन सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री बालेन्द्र शाहको लिखित प्रस्ताव परराष्ट्रमन्त्री शिशिर खनालले पढे हुन्छ भन्ने विपक्षी दलको प्रस्ताव मानेको छैन ।
रास्वपा सभापति रवि लामिछानेले बोलाएको विपक्षी दलहरूको बैठकमा विपक्षी दलका नेताहरू प्रधानमन्त्री आउन नसक्ने कारण बताएर उनको हस्ताक्षर भएको लिखित जवाफ जुनसुकै मन्त्रीले पढे पनि हुने विपक्षीको प्रस्ताव रास्वपाले नमानेको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij