Logo

Jul 14 2025 | २०८२, असार ३० गते

Jul 14 2025 | २०८२, असार ३० गते

काठमाडौँ

चोरी भएका २० वटा सवारी साधन भेटिए

चोरी भएका २० वटा सवारी साधन भेटिए

आइतबार भेटिएका उक्त सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

  • काठमाडौँ । काठमाडौँ उपत्यकाको विभिन्न स्थानबाट फरक फरक मितिमा चोरी भएका २० पटा दुई पाङग्रे सवारी साधन (मोटरसाइकल स्कुटर) भेटिएका छन् । 

    images
    images
    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले आइतबार भेटिएका उक्त सवारीसाधन सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।

    images

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले १२ वटा मोटरसाइकल र ८ ओटा स्कुटर सम्बन्धित धनीलाई आज हस्तान्तरण गरेका हुन् । 

    काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा काठमाडौँ उपत्यकाका नरेफाँट, मिलनचोक, सुन्दरीजल,चाबहिल, मध्यबानेश्वर, मालिगाँउ, काडाँघारी, कालिमाटी, अनामनगर, सिंहदरबार, नेपालटार, नयाँ बसपार्क, बसुन्धारा र थली लगायतका स्थानबाट उक्त सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको प्रहरीको भनाइ छ । 

    आज बुझाइएका २० वटा सहित एक महिनाको अवधिमा ४ सय ८० वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको ट्राफिक प्रहरीले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij