Logo

Jun 16 2026 | २०८३, असार २ गते

Jun 16 2026 | २०८३, असार २ गते

फिफा विश्वकप: उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

फिफा विश्वकप: उरुग्वे र साउदी अरबबीचको खेल बराबरी

  • काठमाडौं । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र साउदी अरबबीचको खेल बराबरीमा टुंगिएको छ ।

    onlinepatrika
    Arghakhachi

    अमेरिकाको फ्लोरिडास्थित मियामी स्टेडियममा आज बिहान भएको खेलमा दुवै टोलीले १–१ गोलको बराबरी खेल्दै अङ्क बाँडेका हुन् । खेलको ४१औँ मिनेटमा साउदीले पहिलो अग्रता लिएको थियो । उसका लागि अब्दुल्लाह अलाम्रीले गोल गर्दै साउदीलाई अग्रता दिलाएका हुन् ।

    AGNI GROUP

    त्यस्तै साउदीको १–० गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । खेलको ८० औं मिनेटमा उरुग्वेका लागि म्याक्सी अराजोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

    त्यसपछि दुवै टोलिले गोल गर्न सकेन्न र अन्तत खेल १–१ गोलको बराबरीमा सकियो । यस खेलसँगै समूह ‘एच’ मा चार वटै टोलीले पहिलो खेलपछि समान एक एक अंक जोडेका छन् । गए राति भएको समूह ‘एच’ कै अर्को खेलमा स्पेन र केपभर्डेले पनि १–१ को बराबरी खेलेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij