काठमाडौँ । विश्वकप फुटबलका क्रममा गाडीमा तोडफोड भएपछि इङ्गल्याण्डको प्रशिक्षण उपकरणहरू क्यान्सस सिटी आइपुग्नुअघि नै चोरी भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।
घटना फ्लोरिडामा रहेको इङ्गल्याण्डको पूर्वअभ्यास क्याम्पबाट स्वोप सकर भिलेजमा उपकरणहरू ढुवानी गर्ने क्रममा भएको थियो। जहाँ शनिबार क्यान्सास सिटीमा प्रशिक्षणको लागि टोली आइपुग्नुअघि सेटअप पूरा गर्ने उद्देश्य राखिएको थियो । तर ढुवानी गरिरहेको गाडीमा तोडफोड भएपछि उपकरण पनि चोरी भएको जनाइएको छ ।
अधिकारीहरूले घटनाको थप अनुसन्धान भइरहेको बताएका छन्। ‘हामी आज साँझ हराएको सामानहरू सहित क्यान्सास सिटी आइपुगेको टोलीको गाडीबाट उपकरणहरूको सम्भावित चोरीको अनुसन्धान गरिरहेका छौं,’ रोयटर्सले उद्धृत गरेको प्रहरीले जनाएको छ।