Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले चुनावको परिणामलाई लिएर हार नमानेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष घिसिङले चूनावमा सोचेजस्तो परिणाम नआएपनि हार नमानेको बताएका हुन् ।
उनले पार्टीलाई थप बलियो र देशव्यापी बनाएर लैजाने बताए । ‘पछिल्लो निर्वाचन हाम्रा लागि अनुभव र सिकाइ भएकाले यो सफलताका लागि पहिलो खुट्किलोका रूपमा हामीले लिएका छौं,’ घिसिङले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij