Jun 13 2026 | २०८३, जेठ ३० गते
काठमाडौं । नेपाली कांग्रेसले विधानबमोजिम क्रियाशील सदस्यता प्राप्त/नवीकरणका निम्ति योग्य सदस्यलाई केन्द्रले स्वतः अनुमोदन गर्ने भएको छ । शनिबार (जेठ ३०) बसेको कांग्रेस सदस्यता व्यवस्थापन केन्द्रीय समितिको बैठकबाट तोकिएको समयसीमाभित्र वडा तहमार्फत नभएमा योग्य सदस्यलाई केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको हो ।
यस्तै, इन्टरनेटको पहुँच अतिकम भएका उच्च हिमाली क्षेत्रका केही जिल्ला, विकट पहाडी पालिकाहरू र क्रियाशील सदस्यता अद्यावधिकमा ढिलाइ भएका बारा र खोटाङका निम्ति आउँदो असार ७ गतेसम्मको समय थपिएको छ ।
विदेशस्थित नेपाली जनसम्पर्क समितिका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने कार्य असार १० गतेसम्म कायम गरिएको कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।
क्रियाशील फाराम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण कार्य असार २० गतेसम्मलाई कायम गरिएको उनले जनाएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij