Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । नेपाली बजारमा आज (बुधबार)सुनको भाउ घटेको छ भने चाँदी बढेको छ।
मंगलबार तोलामा एक हजार तीन सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ।
मंगलबार सुन प्रतितोला दुई लाख ९१ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।
यस्तै, बुधबार चाँदीको मूल्य भने बढेको छ। मंगलबार प्रतितोला पाँच हजार ६० रूपैयाँमा कारोबार भएको चाँदी यसदिन तोलामा पाँच हजार ८० रूपैयाँमा किनबेच भइरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij