
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता अमेरिका प्रस्थान गरेका हुन् ।
संयुक्त राष्ट्र संघको मुख्यालय न्यूयोर्कमा आयोजना हुने आदिवासी जनजातीहरूका मुद्दाहरूसम्बन्धी संयुक्त राष्ट्रसंघीय स्थायी मञ्चको २४औं सत्र ‘ट्वान्टी फोर्थ सेसन अफ द युनाइटेड नेशन्स पर्मानेन्ट फोरम अन इन्डिजिनियस इस्यू (यूएन–पीएफआईआई)’ मा सहभागी हुन उनी आज शुक्रबार त्यसतर्फ प्रस्थान गरेका हुन् ।
उनले यही वैशाख ८ देखि १९ अर्थात् अप्रिल २१ देखि मे २ तारिखसम्म आयोजना हुने सो कार्यक्रममा सहभागिता जनाउँछन् । उनी वैशाख १९ गते स्वदेश फर्किने कार्यतालिका छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij