Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

विधि र नीतिमा आधारित शासन रास्वपाकाे लक्ष्य हाे-स्वर्णीम वाग्ले

विधि र नीतिमा आधारित शासन रास्वपाकाे लक्ष्य हाे-स्वर्णीम वाग्ले

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति तथा अर्थमन्त्री डा.स्वर्णीम वाग्लेले विधि, नीति र संस्थागत प्रणालीमा आधारित सरकार सञ्चालन गर्ने लक्ष्यका साथ आफूहरू राजनीतिमा आएको बताएका छन् ।

    onlinepatrika
    Arghakhachi

    रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै वाग्लेले पुरानो पुस्तासँग लड्न नभई नयाँ राजनीतिक संस्कार स्थापना गर्न आफ्नो पार्टी उदाएको बताए । उनले मुलुकमा जिम्मेवार, पारदर्शी र परिणाममुखी राजनीतिक अभ्यासको आवश्यकता रहेको उल्लेख गरे ।

    AGNI GROUP

    ‘हामी पुरानो पुस्तासँग लड्न आएका होइनौं, नयाँ राजनीतिक संस्कार कायम गर्न आएका हौं’, उनले भने, ‘राजनीतिलाई व्यक्तिकेन्द्रित होइन, विधि र नीतिमा आधारित बनाउन चाहन्छौं ।’

    वाग्लेले नयाँ पुस्ताले केवल विरोध गर्न मात्र नसक्ने, देशलाई सही दिशा दिन सक्ने क्षमता पनि राख्छ भन्ने प्रमाणित गर्न रास्वपा प्रतिबद्ध रहेको बताए । उनले युवापुस्ताको ऊर्जा, सीप र सोचलाई राष्ट्र निर्माणमा प्रयोग गर्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले नेपाललाई सुशासन, आर्थिक समृद्धि र संस्थागत सुधारको बाटोमा अघि बढाउन रास्वपाले राजनीतिक रूपान्तरणको अभियान अघि सारेको उल्लेख गर्दै मुलुकलाई नयाँ दिशा दिन आफूहरू प्रतिबद्ध रहेको बताए ।

    ‘हामी केवल विरोधको राजनीति गर्न आएका होइनौं, मुलुकलाई रूपान्तरण गर्ने जिम्मेवारी पनि लिन तयार छौें, वाग्लेले भने । उनले राजनीतिक परिवर्तनसँगै शासन प्रणाली, सार्वजनिक सेवा प्रवाह र विकासको सोचमा समेत रूपान्तरण आवश्यक रहेको धारणा व्यक्त गरे ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij