Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

समायोजन भएर आएकाहरूलाई अन्याय हुन नदिने रविको प्रतिबद्धता

समायोजन भएर आएकाहरूलाई अन्याय हुन नदिने रविको प्रतिबद्धता

  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो महाधिवेशनबाट नया नेतृत्वको चयन गर्दा पार्टीमा विभिन्न संघ-संगठनबाट समायोजन भएर आएकाहरुलाई चुनावी प्रक्रिया बाहिरैबाट समेट्ने भएको छ । पार्टी प्रवेश गरेको छोटो समयमै चुनावी प्रतिस्पर्धामा उत्रिन कठिन हुने भएकाले उनीहरूलाई सभापतिले मनोनीत गरेर ल्याउने रणनीति अपनाइएको हो ।

    onlinepatrika
    Arghakhachi

    आमनिर्वाचन अघि बालेन, विवेकशील साझा, खगेन्द्र सुनुवार, थरुहट लगायत विभिन्न समूहबाट रास्वपामा प्रवेश गरेका थिए । उनीहरुमध्ये केहीले सरकार र संसदमा प्रतिनिधित्व गरिरहेका छन् । तर, पार्टीमा क्रियाशील रहेर कुनै अवसर नपाएकाहरुलाई सभापतिले केन्द्रीय सदस्यमा मनोनित गर्ने तयारी गरिएको छ । यसैका लागि पार्टीको केन्द्रीय समिति १५८ सदस्यीय पुर्‍याइएको हो ।

    AGNI GROUP

    हिजो बसेको केन्द्रीय समिति बैठकमा सभापति रवि लामिछानेले समायोजन भएर आएका नेता-कार्यकर्ताहरुलाई अन्याय हुन नदिने प्रतिवद्धता व्यक्त गरेका थिए ।

    उनले भने,‘तपाईंहरुको अवस्था मलाई राम्रोसँग थाहा छ । तपाईंहरूले सक्रियरूपमा पार्टीका लागि काम गरिरहनुभएको छ । तर भर्खरै संगठनमा आएर चुनावी प्रतिस्पर्धा गर्न सहज हुन्न । यसलाई पार्टीले सम्बोधन गर्ने छ ।’

    स्रोतका अनुसार सभापतिले रास्वपामा आएर कुनै पनि लाभको पदमा नपुगेकाहरूलाई केन्द्रीय सदस्य मनोनयनमा प्राथमिकतामा राख्नेछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij