Logo

Apr 13 2025 | २०८१, चैत ३१ गते

Apr 13 2025 | २०८१, चैत ३१ गते

ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिँदा पनि एसियाली सेयर बजारहरू बढे

ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिँदा पनि एसियाली सेयर बजारहरू बढे

  • काठमाडौं । सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि नयाँ कर लगाउने चेतावनी दिएका थिए । यसका बाबजुद पनि मंगलबार बिहान जापान र दक्षिण कोरियाको शेयर बजारमा वृद्धि देखिएको छ ।

    images
    images
    images

    सोमबार यी दुवै देशका बजारहरू ठूलो गिरावटका साथ बन्द भएका थिए । ट्रम्पले भनेका थिए ‘यदि चीनले अमेरिकामाथि लगाइएको ३४ प्रतिशत प्रतिशोधात्मक कर फिर्ता नलिएमा मंगलबारदेखि चीनमाथि नयाँ कर लगाइनेछ ।’

    मंगलबार, जापानको निक्केई २२५ सूचकांक र दक्षिण कोरियाको कोस्पी सूचकांकमा सोमबारको तुलनामा लगभग २ प्रतिशतले वृद्धि भएको छ । यससँगै अष्ट्रेलियाको शेयर बजार एएसएक्स २०० पनि थोरै वृद्धिका साथ खुल्यो ।

    सोमबार ट्रम्पको ट्यारिफ सम्बन्धी वक्तव्यको प्रभाव विश्वभरका शेयर बजारमा देखियो । एसिया र युरोपका बजारहरूमा ठूलो गिरावट आएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij