Jun 04 2026 | २०८३, जेठ २१ गते
भैरहवा । स्वर्गीय प्रल्हाद कुमार अग्रवालको जीवनीमा आधारित “सरलताका आदर्श प्रल्हाद कुमार अग्रवाल” नामक ग्रन्थ विमोचन गरिएको छ। भैरहवामा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री प्रमुख अतिथि र विशिष्ट अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।
ग्रन्थ विमोचन कार्यक्रममा वक्ताहरूले अग्रवालको जीवन दर्शन, समाजसेवा र सरल जीवनशैलीको प्रशंसा गरेका थिए। उनी व्यापारी मात्र नभई समाजसेवी व्यक्तित्वका रूपमा समेत परिचित रहँदै आएका थिए। उनका आदर्श र मूल्यबोधलाई आगामी पुस्ताले अनुकरण गर्न सक्ने उल्लेख गर्दै पुस्तक समाजका लागि प्रेरणादायी हुने धारणा राखियो।
प्रल्हादका छोरा राजेश अग्रवालले सामाजिक सेवामा देखाएको समर्पण र उदारताको चर्चा गर्दै पुस्तकमा अग्रवालको जीवनका विभिन्न चरण, संघर्ष र उपलब्धिलाई तथ्यसहित प्रस्तुत गरिएको जानकारी दिए।
विमोचन कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रल्हाद कुमार अग्रवालको योगदान स्मरण गर्दै समाजले यस्ता व्यक्तित्वलाई कहिल्यै बिर्सन नहुने बताए। उनले अग्रवालको सादगीपूर्ण जीवनशैलीले नै उनलाई सबैको प्रिय बनाएको उल्लेख गरे।
त्यस्तै, कार्यक्रममा प्रल्हादका छोरा राजेश कुमार अग्रवालले सामाजिक सेवामा देखाएको समर्पण र उदारताको चर्चा गर्दै पुस्तकमा अग्रवालको जीवनका विभिन्न चरण, संघर्ष र उपलब्धिलाई तथ्यसहित प्रस्तुत गरिएको जानकारी दिए।



© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij