Logo

Aug 23 2025 | २०८२, भदौ ७ गते

Aug 23 2025 | २०८२, भदौ ७ गते

सरलताका आदर्श प्रल्हाद कुमार अग्रवाल (फोटोफिचर)

सरलताका आदर्श प्रल्हाद कुमार अग्रवाल (फोटोफिचर)

  • भैरहवा । स्वर्गीय प्रल्हाद कुमार अग्रवालको जीवनीमा आधारित “सरलताका आदर्श प्रल्हाद कुमार अग्रवाल” नामक ग्रन्थ विमोचन गरिएको छ। भैरहवामा आयोजित विशेष कार्यक्रममा मुख्यमन्त्री प्रमुख अतिथि र विशिष्ट अतिथि नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँडलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो।

    images
    images
    images

    ग्रन्थ विमोचन कार्यक्रममा वक्ताहरूले अग्रवालको जीवन दर्शन, समाजसेवा र सरल जीवनशैलीको प्रशंसा गरेका थिए। उनी व्यापारी मात्र नभई समाजसेवी व्यक्तित्वका रूपमा समेत परिचित रहँदै आएका थिए। उनका आदर्श र मूल्यबोधलाई आगामी पुस्ताले अनुकरण गर्न सक्ने उल्लेख गर्दै पुस्तक समाजका लागि प्रेरणादायी हुने धारणा राखियो। 

    images

    प्रल्हादका छोरा राजेश अग्रवालले सामाजिक सेवामा देखाएको समर्पण र उदारताको चर्चा गर्दै पुस्तकमा अग्रवालको जीवनका विभिन्न चरण, संघर्ष र उपलब्धिलाई तथ्यसहित प्रस्तुत गरिएको जानकारी दिए।

    विमोचन कार्यक्रममा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले प्रल्हाद कुमार अग्रवालको योगदान स्मरण गर्दै समाजले यस्ता व्यक्तित्वलाई कहिल्यै बिर्सन नहुने बताए। उनले अग्रवालको सादगीपूर्ण जीवनशैलीले नै उनलाई सबैको प्रिय बनाएको उल्लेख गरे।

    त्यस्तै, कार्यक्रममा प्रल्हादका छोरा राजेश कुमार अग्रवालले सामाजिक सेवामा देखाएको समर्पण र उदारताको चर्चा गर्दै पुस्तकमा अग्रवालको जीवनका विभिन्न चरण, संघर्ष र उपलब्धिलाई तथ्यसहित प्रस्तुत गरिएको जानकारी दिए।

    images

     

    rajesh1.jpg

    rajesh2.jpg

    rajesh.jpg
    undefined

    rajesh4.jpg

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij