Jun 10 2026 | २०८३, जेठ २७ गते
काठमाडौं । जन्मदिनकै साइत पारेर कवि तथा गीतकार अमरदीप सुनुवारले ‘पृथ्वीको श्वेतपत्र’ कविता संग्रह सार्वजनिक गरेको छ । कुलपति भूपाल राई र लेखक सुनुवारलगायतले संयुक्त रूपमा ‘पृथ्वीको श्वेतपत्र’ पुस्तक सार्वजनिक गरेका हुन्।
‘प्रत्येक कर्मचारीले कविता लेख्नुपर्छ, नलेखेपनि पढ्नुपर्छ।’ कवि तथा गीतकार सुनुवारले भने, ‘जसरी शरीरको मयल साबुनले सफा गर्छ, त्यसैगरी साहित्यले मानिसको दिमाग सफा गर्छ। मानिसको दिमाग सफा गर्ने कविताले हो, त्यसैले कविता लेख्नुपर्छ,पढ्नुपर्छ।’
सुनुवारको कवितामाथि साहित्यकार मोमिला जोशी, राजकुमार बानियाँ, सुशान्त गुरुङ र विमला तुम्खेवालगायतले समीक्षा एवम् टिप्पणी गरेका थिए ।
सुनुवारले ४७ वटा कवितालाई १३१ पृष्ठमा समावेश गरेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij