Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

भ्रमण खर्च

मोदीको तीन बर्षको विदेश भ्रमणको खर्च २९५ करोड !

मोदीको तीन बर्षको विदेश भ्रमणको खर्च २९५ करोड !

विदेश भ्रमणमा भएको खर्चको विवरण संसदमा पेश गर्दै यो जानकारी दिएको हो ।

  • काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले तीन बर्षमा विदेश भ्रमणमा २९५ करोड भारु खर्च गरेको देखिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री नरेन्द्र मोदीको विदेश भ्रमणमा भएको खर्चको विवरण संसदमा पेश गर्दै यो जानकारी दिएको हो ।

    AGNI GROUP

    मन्त्रालयका अनुसार २०२५ मा हालसम्म पाँच देशको प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणमा ६७ करोड भन्दा बढी खर्च भएको छ । त्यस्तै २०२१ देखि २०२४ सम्ममा मोदीको विदेश भ्रमणमा २९५ करोडभन्दा बढी खर्च भएको विदेश मन्त्रालयले जनाएको छ ।

    तृणमूल कांग्रेसका नेता तथा राज्यसभा सांसद डेरेक ओब्रायनको प्रश्नको लिखित जवाफमा विदेश मन्त्रालयले मोदीको विदेश भ्रमणको खर्च बारे जानकारी दिएको हो।

    विदेश मन्त्रालयले २०२५ मा हालसम्म गरेका भ्रमणहरूको विवरणमा फ्रान्स, अमेरिका, थाइल्याण्ड, श्रीलंका र साउदी अरेबिया सहित पाँच देशको भ्रमण समावेश छ ।

    मन्त्रालयले यस वर्ष भ्रमण गरिएका बाँकी नौ देशहरूको बिलको प्रक्रिया अझै जारी रहेको बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij