Logo

Apr 15 2025 | २०८२, वैशाख २ गते

Apr 15 2025 | २०८२, वैशाख २ गते

होस्टल व्यवसायी संघको फड्को

सनवे कलेजसँग होस्टल व्यवसायी संघको सम्झौता

सनवे कलेजसँग होस्टल व्यवसायी संघको सम्झौता

आइटी पार्टनरको रुपमा सनवे कलेजले संघलाई सघाउने

  • sunil.jpg

    images
    images
    images

    काठमाडौं । होस्टल व्यवसायी संघ नेपाल र सनवे कलेजबीच सम्झौता भएको छ । विद्यार्थी र व्यवसायी लक्षित कार्यक्रमका लागि सम्झौता भएको हो । संघद्धारा आयोजित नयाँ वर्ष २०८२ को शुभकामना आदानप्रदान समारोहकै अवसर सम्झौता भएको हो । संघका तर्फबाट अध्यक्ष सुनिल भेटवाल र कलेजका तर्फबाट प्राध्यानाध्यापक खुसाल रेग्मीबीच सम्झौताको बुँदा आदानप्रदान गरिएको थियो । 

    होस्टल व्यवसायी संघ नेपालका तर्फबाट अध्यक्ष सुनिल भेटवाल र कलेजका तर्फबाट प्राध्यानाध्यापक खुसाल रेग्मीबीच सम्झौताको बुँदा आदानप्रदान गरिएको थियो । 

     

    sunil1.jpgसनवे कलेजले होस्टल व्यवसायीहरुको लागि निशुल्क डिजिटल मार्केटिङ शिक्षा उपलब्ध गराइनेछ सम्झौतामा उल्लेख छ । 

    संघको आइटी पार्टनरको रुपमा सनवे कलेज, सीए पार्टनरको रुपमा इलाट्स सीए र हेल्थ पार्टनरको रुपमा एभरेष्ट हस्पिटल रहने भएको छ । 

    यो पटक इलाट्स सीएले विद्यार्थी आचारसंहिता बोर्ड र एभरेष्ट हस्पिटलले क्यालेन्डर प्रकासन गरिदिएको संघका अध्यक्ष सुनिल भेटवालले बताए । 

    sunil3.jpgशुभकामना कार्यक्रममा ओम गल्र्स होस्टलकी संचालिका अल्पना कर्माचार्य रिमालकी छोरी पाँच वर्षीय समृद्धि रिमालको नृत्यले सबैको मन जितेको थियो । साथै, धुनकला केन्द्रको प्रतिनिधित्व गर्दै सन्तोष न्यौपानेको समूहले गीत तथा नाच प्रस्तुत गरेको थियो । 

    sunik7.jpgशुभकामना समारोहमा संघका संस्थापक अध्यक्ष चेतन दाहाल, निवर्तमान अध्यक्ष रेवती खड्काका साथै काठमाडौं, भक्तपुर र ललितपुरका होस्टल व्यवसायीहरुको उल्लेखनीय उपस्थिती रहेको थियो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij