Jun 21 2026 | २०८३, असार ७ गते
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८३ सालको कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । गत १४-२७ वैशाखसम्म सञ्चालन भएको परीक्षाको नतिजा ३९ दिनमा प्रकाशित भएको हो ।
परीक्षामा कुल चार लाख १८ हजार १७० परीक्षार्थी सहभागी थिए । जसमा नियमिततर्फ तीन लाख ३२ हजार २४१ र आंशिकतर्फ ८५ हजार ९२९ परीक्षार्थीले परीक्षा दिएका थिए ।
नतिजामा चित्त नबुझेका परीक्षार्थीले प्रति विषय एक हजार रुपैयाँ दस्तुर तिरेर १२ असारसम्म पुनर्याेग (रिटोटलिङ) का लागि अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । साथै, बढीमा दुई विषयमा एनजी प्राप्त गर्ने वा अनुपस्थित रहेका परीक्षार्थीले मात्र ग्रेड वृद्धि (पूरक) परीक्षामा सहभागी हुन पाउने बोर्डले जनाएको छ ।
कसरी हेर्ने नतिजा ?
राष्ट्रिय परीक्षा बोर्डले वेबसाइट, एसएमएस र आईभीआर सेवामार्फत नतिजा हेर्न सक्ने व्यवस्था मिलाएको छ ।
१. वेबसाइटमार्फत:
निम्न वेबसाइटहरूमा गएर आफ्नो सिम्बोल नम्बर र जन्ममिति राखेर नतिजा हेर्न सकिन्छ:
राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट: result.neb.gov.np वा neb.gov.np
नेपाल टेलिकमको वेबसाइट: neb.ntc.net.np
२. एसएमएसमार्फत:
मोबाइलको मेसेज बक्समा गई NEB टाइप गरेर एक स्पेस छाडेर आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० मा पठाएर पनि नतिजा थाहा पाउन सकिन्छ । (उदाहरणका लागि: NEB 12345678 टाइप गरी 1600 मा पठाउने)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij