
Apr 19 2025 | २०८२, वैशाख ६ गते
रुपक परियार ‘को मेरी होइजा पन' देउडा गीत
काठमाडौं । सुदुरपश्चिम प्रदेश अछाम जिल्ला रामारोशन गाउँपालिकाका चर्चित लोक देउडाको रुपमा परिचित रुपक परियार ‘को मेरी होइजा पन' देउडा गीतको सुटिङ प्रारम्भ भएको छ । धनगढीको गोदावरीमा सुदुर पश्चिम प्रदेश सरकारका पुर्व सामाजिक विकास मन्त्री अक्कल रावल साक्षी राख्दै सुटिङ प्रारम्भ भएको हो ।
रुपक परियार र शोभा थापाको स्वरमा सजिएको गितको लय सोहि गायक रुपक परियारले गर्नु भएको छ । सुटिङ हुँदै गरेको गीतमा नेत्र राज शाही मौसमको शब्द रहेको छ । भिम थापाले निर्देशन गर्नु भएको गितको क्यामरामा अमृत उपाध्याय र मेकअपमा मेनका साउद हुनुहुन्छ । गीतमा हिमाल जोशी र मिना रावलको मोडलिङ रहेको छ ।
साथै, यहि वैशाख ९ गते "विशेष डिजिटल रेकर्डिङ स्टुडियो" च्यानल "Bishesh film" बाट सार्बजनिक हुने जानकारी सोही गीतका गायक रुपक परियारले "अनलाइन पत्रीका"लाई जानकारी दिनु भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij