Jul 28 2026 | २०८३, साउन १२ गते
काठमाडौं । नेपाल चिकित्सक संघले आज देशभरिका अस्पतालमा आकस्मिकबाहेक सेवा बन्दको घोषणा गरेको छ । चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि राज्यले दमन गरेको भन्दै विरोधस्वरूप संघले देशभरिका अस्पतालमा आकस्मिकबाहेक सबै सेवा बन्दको घोषणा गरेको हो ।
साउन ९ गते वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वाथ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संघले दोषीलाई कारबाही गर्न माग गरेको थियो । आक्रमणबाट डा.प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसपछि दोषीलाई कारबाहीको माग गर्दै चिकित्सकहरू आन्दलनमा उत्रिएका थिए ।
जिल्ला प्रशासन कार्यालय पर्सामा वार्ताको क्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालको उपस्थितिमा प्रमुख एवं एसपी सुदिपराज पाठकले प्रहरी परिचालन गरी संघका केन्द्रीय कारयकारिणी समितिका सदस्य र संघका नारायणी शाखाका अध्यक्ष लगायत चिकित्सकहरूमाथि गालीगलौज गरी दुर्व्यवहार भएको विज्ञप्तिमा उल्लेख छ।
यसरी चिकित्सकहरूको मानमर्दन गरेको भन्दै एसपी र सिडिओलाई समेत कारबाहीको माग संघले गरेको छ।
संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने घोषणासमेत गरेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij