
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौं । दुर्गा प्रसाईंको खोजी गर्न नेपाल प्रहरीको एक विशेष टोली भारत पुगेको छ । गत चैत १५ गते प्रसाईंले तीनकुनेमा बितन्डा मच्चाएर भाग्दा प्रयोग गरेको गाडी प्रहरीले फेला पारेको छ । प्रहरीले उनी भारत भागेका पुष्टि भएपछि भारतीय प्रहरीको समन्वयमा प्रहरीको टोली भारत गएको हो ।
यद्यपि भारतमा उनी कहाँ लुकेका छन् भन्नेबारे प्रहरीले विवरण पाएको छैन । प्रहरी स्रोतका अनुसार, प्रसाईं सुरुमा भारतको उत्तर प्रदेश पुगेको सूचनाका आधारमा प्रहरीको टोली उत्तर प्रदेश गएको हो । त्यहाँबाट समेत उनी अन्त भागेको आशंका गरिएको छ ।
केही दिनअघि नै उत्तरप्रदेश पुगेको प्रहरी टोली अझै नेपाल फर्किएको छैन ।
प्रसाईं भारतीय हिन्दू संगठन आरएसएसको सम्पर्कमा पुगेको दाबी सुरक्षा निकायको छ । प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीनकुनेबाट ललितपुर भाग्दै गर्दा प्रसाईंले प्रयोग गरेको बाएबी४२०८ नम्बरको स्कार्पियो गाडी भने इटहरीबाट बरामद गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij