Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा

सरकारले गराइदियो ४६ पत्रकारको दुर्घटना बीमा

  • काठमाडौं । सरकारले ४६ जना पत्रकारको निःशुल्क दुर्घटना बीमा गराइदिएको छ । सरकारको पत्रकारहरूको दुर्घटना बीमा गराउने कार्यक्रम अनुसार सूचना तथा प्रसारण विभागले यस वर्ष ४६ जना पत्रकारको ७ लाख रुपैयाँ बराबरको दुर्घटना बीमा गराएको हो । 

    onlinepatrika
    Arghakhachi

    आइतबार विभागकी निर्देशक पूर्णिमा उपाध्यायको अध्यक्षतामा पत्रकार दुर्घटना बीमा छानबिन तथा मूल्याङ्कन समितिको बैठक बसेर बिमाका लागि आवेदन दिएका ४६ जना पत्रकारको दुर्घटना बीमा गराउने निर्णय भएको विभागले जनाएको छ । निर्देशक उपाध्यायका अनुसार विभागले दुई पटक आवेदन माग गर्दा ४७ जनाले आवेदन दिएको र रित पुगेका ४६ जनाको दुर्घटना बीमा गरिएको जानकारी दिइन् । 

    AGNI GROUP

    यो बिमा एक वर्षका लागि लागु हुनेछ । विभागले कार्तिक तेस्रो साता पहिलो र माघ अन्तिममा दोस्रो पटक सूचना प्रकाशन गरेर पत्रकारहरूलाई आवेदन दिन आव्हान गरेको थियो । पहिलोपटक ३७ जनाले मात्रै आवेदन दिएपछि  दोस्रो पटक पुनः माग गर्दा ९ जनाले आवेदन दिएका थिए ।  

    पत्रकारहरूको दुर्घटना बीमा गराउने सरकारी कार्यक्रम अनुसार विभागले वर्षेनी सूचना प्रकाशित गरेर आवेदन सङ्कलन गरी बीमा  गराईरहेपनि पत्रकारहरूको सहभागिता कम हुँदै गएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij