Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

कविताः धर्मसंकटमा बा 

कविताः धर्मसंकटमा बा 

  • केटाकेटी झैँ ललिपप देखेर
    मख्ख पर्नु भो बा !
    र खुसुक्क गएर ल्याप्चे हान्नु भो
    यो सोँच्नुभएन बा’ले
    मरुभूमिमा कसैले फूल रोप्दैन

    images
    images
    images

    यसै त घरका भित्ताहरु
    घरभित्रकै भ्रष्ट मुसाले खोलेर केही छैन 
    स्वार्थी धमिरा र धुलिया लागेर केही छैन 
    घरको भित्ता बलियो भए पो
    घरका झ्यालढोकाहरु बलिया हुन्छन् 
    घरको मुल खाँबो बलियो भए पो 
    घर बलियो हुन्छ

    न भित्तालाई मसीको आड छ
    न मसीलाई पसेतको विश्वास छ
    न पसेतलाई धुरीखाँबोको आधार छ
    न धुरीखाँबालाई जगको भरोसा छ
    धुलिया लागेर सप्पै सप्पै मक्किँदै जाँदै छ

    यीमध्ये कुनै एउटा विश्वास ढल्यो भनेपनि
    घरलाई कति खतरा छ
    मक्किएका काठ आफैंले फेर्ने कि
    उसँग गुहार माग्ने 
    जसले हाम्रो घर भत्केको हेर्न चाहन्छ 

    लाग्छ
    घरको मुल खाँबो बलियो नभएर हो 
    धमिरा, धुलिया र मुसा बनेर लंका बेच्ने विभुषण 
    र बाली मार्ने सुग्रीब घरभित्र छिर्न खोजेको 

    जब सडकमा ओर्लेर  विरोधमा
    आफ्नै केटाकेटीले बाल्न थाले टायर
    हान्न थाले ढुंगा
    फुटाउन थाले झ्याल ढोका र दराजका शिशाहरु
    बसेर टुलुटुलु घरमा धमिरा लागेको हेरुँ कि
    खाईसकेको ललिपप बान्ता गरुँ ?

    साँच्चै यतिबेला 
    निकै धर्मसंकटमा हुनुहुन्छ बा !

    © असीम सागर

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij