
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । त्रिमूर्ति निकेतनले १३८ औं लेखनाथ जयन्ती मनाएको छ । पौडयालको १३८ औँ जयन्तीका उपलक्ष्यमा सञ्चारग्रामस्थित लेखनाथ पौड्यालको पूर्णकदको सालीकमा माल्यार्पणसहित कविता वाचन गरेको त्रिमूर्ति निकेतनले जनाएको छ । त्रिमूर्ति निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँले पौडयालको पूर्णकदको सालिकमा माल्यार्पण गर्नुभयो । सोही अवसरमा उहाँले नाट्यसम्राट् बालकृष्ण सम र महाकवि लक्ष्मीप्रसाद देवकोटाका पूर्णकदको सालिकमा पनि माल्यार्पण गर्नुभयो ।
त्रिमूर्ति निकेतनद्वारा आयोजित सो कार्यक्रममा निकेतनका अध्यक्ष इन्दिरा प्रसाईँ, सदस्यसचिव नरेन्द्रराज प्रसाईँ तथा लेखनाथ पौड्याल काव्यसभाका कार्यक्रम सञ्चालक यादव भट्टराई, बालकृष्ण सम फाउन्डेसनका कार्यक्रम सञ्चालक ललिता दोषी र लक्ष्मीप्रसाद देवकोटा प्रतिष्ठानका कार्यक्रम सञ्चालक भगवती बस्नेतले त्रिमूर्ति अर्थात् कविशिरोमणि, नाट्यसम्राट् र महाकविले देखाएको बाटोमा हिँड्नु नै त्रिमूर्तिप्रतिको सच्चा श्रद्धान्जली हो भन्नुभयो ।
कार्यक्रममा यादव भट्टराई, ललिता दोषी, भगवती बस्नेत र रश्मि रिमालले कविता वाचन गर्नुभएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij