
Apr 22 2025 | २०८२, वैशाख ९ गते
इटालियन सिरी ‘ए’ अन्तर्गत गएरातिको खेलमा इन्टर मिलान विजयी भएको छ । घरेलु मैदानमा बोलोग्नाविरुद्ध ६–१ ले विजयी भएको हो ।
सान सिरोमा इन्टरलाई फराकिलो जित दिलाउन फेडेरिको डिमार्कोले दुई तथा इडेन जेको, लाउटारो मार्टिनेज, हाकान काल्हानोग्लु र रोबिन गोसेन्सले एक/एक गोल गर्दा बालोग्नाका लागि क्यारालाम्पोस लिकोयानिसले एक गोल गरे ।
खेलको सुरुआती अग्रता भने बोलोग्नाले लिएको थियो । खेलको २२ औं मिनेटमा लिकोनियानिसले पाहुना टोलीलाई अग्रता दिलाएका थिए । ६ औं मिनेटमा जेकोले इन्टरलाई १–१ को बराबरीमा ल्याए । ३६ औं मिनेटमा डिमार्कोले गोल गरेपछि घरेलु टोली २–१ ले अघि बढ्यो ।
४२ औं मिनेटमा मार्टिनेजले गोल गर्दा इन्टरले पहिलो हाफमा ३–१ को अग्रता बनायो । ४८ औं मिनेटमा डिमार्कोले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरे ।
५९ औं मिनेटमा काल्हानोग्लुले पेनाल्टीमार्फत गोल गर्दा इन्टर ५–१ ले अघि बढ्यो । ७६ औं मिनेटमा गोसेन्स गोल गरेपछि घरेलु टोलीले ६–१ को फराकिलो जित निकाल्यो ।
यो जितसँगै इन्टर १४ खेलमा २७ अंकका साथ चौथो स्थानमा रहेको छ । पराजित बोलोग्ना समान खेलबाट १६ अंक जोड्दै १३ औं स्थानमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij