
Apr 22 2025 | २०८२, वैशाख ९ गते
तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँ
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य तोलाको २ लाख रुपैयाँ नजिक पुगेको छ ।
छापावाल सुनको मूल्य मङ्गलबार तोलामा एकैपटक ६ हजार ९ सय रुपैयाँले बढेर १ लाख ९७ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी महासङ्घकाअनुसार यो जुन अहिलेसम्मकै उच्च मूल्य हो । यसअघि सोमबार सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।
यस्तै, चाँदीको मूल्य भने सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij