Jun 04 2026 | २०८३, जेठ २१ गते
ललितपुर । टेवा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले आफ्नो १९ औं स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। स्वास्थ्य शिविरमा रक्तदान, रगत परीक्षण तथा मुटु रोग सम्बन्धी नि शुल्क परामर्श सेवाहरू प्रदान गरिएको थियो ।
उक्त अवसरमा ६३ जना रक्तदाताले रक्तदान गर्नुभएको थियो भने १७० जनाले रगत परीक्षण, मुटु सम्बन्धी परामर्श तथा ईसिजी सेवा प्राप्त गर्नुभएको थियो। कार्यक्रम नेपाल रेडक्रस सोसाइटी केन्द्रीय कार्यालय प्रदर्शनीमार्ग भृकुटीमण्डप, हार्ट क्लब नेपाल शाखा कार्यलय ललितपुर, हार्ट क्लब नेपाल केन्द्रिय कार्यालय पुल्चोक तथा नेपाल हुदयरोग निवारण प्रतिष्ठान ललितपुर शाखाको सहकार्यमा सञ्चालन गरिएको हो।
संस्थाका कार्यवाहक अध्यक्ष रामशरण दुलालका अनुसार, सामाजिक उत्तरदायित्व अन्तर्गत टेवा बहुउद्देश्यीय सहकारी संस्थाले हरेक वर्ष स्थापना दिवसको अवसरमा विभिन्न जनसेवामूलक कार्यक्रमहरू गर्दै आएको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij