Logo

Aug 01 2025 | २०८२, साउन १६ गते

Aug 01 2025 | २०८२, साउन १६ गते

मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ

मार्गदर्शन सहकारीका अध्यक्ष पक्राउ

  • काठमाडौं । सहकारी ठगी आरोपमा वैशाख देखि फरार रहेको भैरहवाको मार्गदर्शन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष अशोक केसी भक्तपुरबाट पक्राउ परेका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीको समन्वयमा प्रहरी वृत्त भक्तपुरको टोलीले केसीलाई बुधबार भक्तपुरको मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ३ गठ्ठाघरबाट पक्राउ गरिएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक सापकोटाले जानकारी दिए ।

    images

    दोलखा जिल्लाको मेलुङ गाउँपालिका वडा नम्बर ६ बस्ने ३४ वर्षीय अशोक केसीले सिद्धार्थनगर नगरपालिका-५ मा रहेको मार्गदर्शन बहुउद्देश्यीय सहकारीको ५ करोड ९० लाख ८४ हजार १६५ रुपैयाँ छयहत्तर पैसा ठगी गरेको प्रहरीको आरोप छ ।

    प्रवक्ता सापकोटाका अनुसार बचतकर्ता तथा शेयर धनीहरूले अध्यक्ष केसी विरुद्ध सहकारी ठगी तथा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएका थिए । मुद्दा दर्ता भए पनि अध्यक्ष केसी २०८२ वैशाख २० गते देखि फरार रहेका थिए ।

    पक्राउ परेका आरोपीलाई भैरहवा ल्याएर जिल्ला अदालतमा पेस गरी म्याद लिएको र यस विषयमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता सापकोटाले जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij