Logo

Aug 04 2025 | २०८२, साउन १९ गते

Aug 04 2025 | २०८२, साउन १९ गते

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

  • काठमाडौँ । तुर्कमेनिस्तान प्रस्थान गरेका छन् । भूपरिवेष्ठित विकासशील देशहरू सम्बन्धी तेस्रो संयुक्त राष्ट्र सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली गएराति त्यसतर्फ प्रस्थान गरेका हुन् ।

    images
    images
    images

    प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बर्दीमुहामेदोभ र संयुक्त राष्ट्र संघका महासचिव महामहिम एन्टोनियो गुटेरेसको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन गएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    images

    प्रधानमन्त्री ओलीले अति कम विकसित देशहरूको विश्वव्यापी समन्वय ब्यूरोको अध्यक्ष र राष्ट्रिय हैसियतमा सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्रले जानकारी दिएको छ ।

    प्रधानमन्त्री ओलीले सम्मेलनको उच्चस्तरीय गोलमेच सम्मेलनको सह-अध्यक्षता र अन्य कार्यक्रमहरूलाई पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    यसका साथै, प्रधानमन्त्रीले सम्मेलनको क्रममा विभिन्न देशका प्रतिनिधिमण्डलका प्रमुखहरू र संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय संस्थाहरूका अन्य उच्चस्तरीय प्रतिष्ठित व्यक्तिहरूसँग भेटघाट गर्ने तालिका रहेको छ ।

    images

    भ्रमणको क्रममा प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी श्रीमती राधिका शाक्य, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, संघीय संसदका सदस्य सूर्यबहादुर थापा क्षेत्री र अन्य उच्चपदस्थ सरकारी अधिकारीहरू रहको जानकारी परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    प्रधानमन्त्री ओली भ्रमण पुरा गरेर अगस्ट ८ मा नेपाल फर्किने तालिका रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij