Logo

Aug 03 2025 | २०८२, साउन १८ गते

Aug 03 2025 | २०८२, साउन १८ गते

विनिमय

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

यस्तो छ,आजको विदेशी मुद्राको विनिमय दर

  • काठमाडौं  । नेपाल राष्ट्र बैंकले आज(आइतबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपियाँ ७७ पैसा र बिक्री दर १४० रुपियाँ ३७ पैसा कायम भएको  छ।

    images
    images
    images

    यस्तै,युरोपियन युरो एकको खरिददर १५९ रुपियाँ ५१ पैसा र बिक्रीदर १६० रुपियाँ २० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ०२ पैसा र बिक्रीदर १८४ रुपियाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७१ रुपियाँ २८ पैसा र बिक्रीदर १७२ रुपियाँ ०१ पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ८८ पैसा र बिक्रीदर ९० रुपियाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपियाँ ७७ पैसा र बिक्रीदर १०१ रुपियाँ २० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०७ रुपियाँ ६७ पैसा र बिक्रीदर १०८ रुपियाँ १३ पैसा तोकिएको छ।

    images

    जापानी येन १० को खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपियाँ ३८ पैसा र बिक्रीदर १९ रुपियाँ ४६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपियाँ २६ पैसा र बिक्रीदर ३७ रुपियाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपियाँ ३४ पैसा र बिक्रीदर ३८ रुपियाँ ५१ पैसा,थाइ भाट एकको खरिददर चार रुपियाँ २६ पैसा र बिक्रीदर चार रुपियाँ २७ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपियाँ ०५ पैसा र बिक्रीदर ३८ रुपियाँ २२ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपियाँ ६८ पैसा र बिक्रीदर ३२ रुपियाँ ८२ पैसा निर्धारण गरिएको छ ।

    त्यस्तै , राष्ट्र बैंकले साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९६ पैसा र बिक्रीदर १० रुपियाँ, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपियाँ २४ पैसा र बिक्रीदर १४ रुपियाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपियाँ ३७ पैसा र बिक्रीदर २१ रुपियाँ ४७ पैसा ,हङकङ डलर एकको खरिददर १७ रुपियाँ ८१ पैसा र बिक्रीदर १७ रुपियाँ ८८ पैसा, कुवेती दिनार एकको खरिददर ४५६ रुपियाँ ५३ पैसा र बिक्रीदर ४५८ रुपियाँ ४९ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपियाँ ७४ पैसा र बिक्रीदर ३७२ रुपियाँ ३३ पैसा, ओमनी रियाल एकको खरिददर ३६३ रुपियाँ ०२ पैसा र बिक्रीदर ३६४ रुपियाँ ५८ पैसा तोकेको छ।

    भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकेको छ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij