
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । आईसीसी यू-१९ विश्वकपको एसिया छनोटअन्तर्गत नेपाललाई हङकङले ११६ रनको सामान्य लक्ष्य दिएको छ । मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको हङकङ ४६ ओभर २ बलमा ११५ रनमा समेटिएको हो ।
हङकङलाई सस्तोमा समेट्न नेपालका युवराज खत्रीले सर्वाधिक ४ विकेट लिए ।
विपिन शर्माले ३, सन्तोष यादवले २ र अशोक धामीले १ विकेट झारे । ब्याटिङमा हङकङका लागि शिभ मथुरले सर्वाधिक ६३ रन बनाए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij