Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ

नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ

  • काठमाडौं । पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन् । पोखरा महानगरपालिका-८ सृजनाचोक स्थित रहेको ढावा रेष्टुरेन्ट एण्ड बारबाट आइतवार राती करीब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् । 

    images
    images
    images

    पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका-४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । 

    अभियुक्त पौडेलले उक्त रेष्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफुले मागे अनुसारको खानेकुराहरु खाए पश्चात म प्रहरीको डि.एस.पि. हुँ भन्दै धाक धम्की दिएको प्रहरीको आरोप छ । 

    हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतामा रहेका पौडेलका बिरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij