Logo

Jun 08 2026 | २०८३, जेठ २५ गते

Jun 08 2026 | २०८३, जेठ २५ गते

फुल्चोकी जंगलमा हराउने घटना बढ्दो, प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह

फुल्चोकी जंगलमा हराउने घटना बढ्दो, प्रहरीद्वारा सतर्कता अपनाउन आग्रह

  • ललितपुर। जिल्ला प्रहरी परिसर ललितपुरले फुल्चोकी जंगल क्षेत्रमा भ्रमणका क्रममा हराउने, बाटो बिराउने तथा सम्पर्कविहीन हुने घटनाहरू बढ्दै गएको जनाएको छ। परिसरका प्रवक्ता तथा प्रहरी उपरिक्षक गौतम मिश्रका अनुसार पछिल्लो समय दैनिक रूपमा घुम्न तथा पदयात्राका लागि फुल्चोकी जाने व्यक्तिहरू हराउने वा सम्पर्कविहीन हुने घटनामा वृद्धि भएको छ। यस्ता घटनापछि प्रहरी तथा सम्बन्धित निकायले उद्धार कार्यसमेत सञ्चालन गर्दै आएका छन्।

    onlinepatrika
    Arghakhachi

    प्रहरीले फुल्चोकी क्षेत्र घना जंगल, अपरिचित पदमार्ग तथा मौसम अचानक परिवर्तन हुन सक्ने जोखिमयुक्त क्षेत्र भएकाले भ्रमणका क्रममा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।

    AGNI GROUP

    सुरक्षाका लागि समूहमा वा अनुभवी गाइडसँग मात्र भ्रमण गर्न, परिवार वा साथीभाइलाई जानकारी दिएर यात्रा गर्न तथा अपरिचित वा छोटो देखिने वैकल्पिक बाटो प्रयोग नगर्न प्रहरीले सुझाव दिएको छ।

    त्यस्तै, मोबाइल फोन, पावर बैंक, खानेपानी तथा आवश्यक सामग्री साथमा राख्न र बेलुकीपख वा मौसम प्रतिकूल भएका बेला जंगल क्षेत्रमा प्रवेश नगर्न पनि अनुरोध गरिएको छ।

    प्रहरीले सुरक्षित भ्रमणका लागि आवश्यक सावधानी अपनाउन सबै विद्यालय, कलेज तथा सर्वसाधारणमा अपिल गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट