Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

अफवाह फैलाउने महिला ललितपुरबाट पक्राउ

अफवाह फैलाउने महिला ललितपुरबाट पक्राउ

  • ललितपुर

    onlinepatrika
    Arghakhachi

    ‘आफ्नो साथीलाई मारेँ’ भन्दै झुट्टा अफवाह फैलाउने र प्राङ्क भिडियो बनाएर शान्ति सुरक्षामा खलल पुर्‍याउने एक महिलालाई ललितपुर प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा पर्वतको फलेबास नगरपालिका वडा नं. १० घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ७, चाङ्गाथलीस्थित युनाइटेड कलोनी नजिक डेरा गरी बस्ने २५ वर्षीया मन्दिरा गुरुङ रहेकी छिन् ।

    AGNI GROUP

    आइतबार साँझ अन्दाजी ०६:०० बजेको समयमा गुरुङले आफ्नी साथी सुस्मिता जिरेललाई भिडियो कल गरेकी थिइन् । भिडियो कलका क्रममा उनले ‘मैले साथीलाई मारेँ’ भन्दै विभत्स दृश्य देखाएपछि त्रसित बनेकी जिरेलले तत्काल जिल्ला प्रहरी परिसर, ललितपुरको कन्ट्रोल रुममा खबर गरेकी थिइन् । घटनाको गम्भीरतालाई ध्यानमा राख्दै प्रहरी प्रभाग लुभुबाट तत्काल विशेष प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो । प्रहरीले गुरुङको डेरा कोठामा पुगेर खानतलासी तथा सर्च गर्दा उनको हात र ओछ्यान (बिस्तरा) मा अबिर दलेको भेटिएको थियो ।

    प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गर्दा गुरुङले साच्चिकै हत्या नभई केवल ‘प्राङ्क भिडियो’ (Prank Video) बनाउने उद्देश्यले उक्त हर्कत गरेको स्वीकार गरेकी छिन् । यस्ता भ्रामक कार्यले समाजमा डर र त्रास फैलाउनुका साथै शान्ति सुरक्षामा खलल पुर्‍याउने प्रहरीले जनाएको छ । झुट्टा अफवाह फैलाएको अभियोगमा मन्दिरा गुरुङलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय, ललितपुरबाट ५ दिनको म्याद थप गरिएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको परिसरका प्रवक्ता तथा एसपी गौतम मिश्रले अनलाइन पत्रिकालाई जानकारी दिनुभयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij