Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । नेपाल प्रहरीले अवैध लागुऔषधसहित देशका विभिन्न स्थानबाट २५ जनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार, काठमाडौँबाट दुई जना, दाङ र रूपन्देहीबाट एक/एक जना, कैलालीका विभिन्न स्थानबाट आठ जना पक्राउ परेका छन् । गोरखाबाट दुई जना, बाँके र दार्चुलाबाट एक/एक जना पक्राउ परेको प्रहरीले जनाएको छ।
सुनसरीबाट दुई, धनकुटाबाट पाँच, मोरङ र सिन्धुलीबाट एक÷एक जनालाई पक्राउ गरिएको छ । उनीहरूमाथि थप अनुसन्धान जारी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij