स्टोक्सको सन्याससँगै इंग्ल्यान्ड क्रिकेटले आफ्नो एक सफल अलराउन्डरलाई बिदाइ गर्ने भएको छ। उनले आफ्नो करियरमा ब्याटिङ, बलिङ र कप्तानीमार्फत टोलीलाई अनेक ऐतिहासिक जित दिलाउँदै आधुनिक युगका सर्वश्रेष्ठ टेस्ट अलराउन्डरमध्ये एकको रूपमा पहिचान बनाएका छन्।
Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौंं । इंग्ल्यान्डका अनुभवी अलराउन्डर बेन स्टोक्सले अन्तर्राष्ट्रिय टेस्ट क्रिकेटबाट सन्यास लिने घोषणा गरेका छन्। हाल ट्रेन्ट ब्रिजमा न्युजिल्यान्डविरुद्ध जारी तेस्रो तथा निर्णायक टेस्टकै क्रममा उनले आफ्नो निर्णय सार्वजनिक गरेका हुन्।
इंग्ल्यान्डका उत्कृष्ट अलराउन्डरमध्येका एक मानिने ३५ वर्षीय स्टोक्सले चौथो दिनको खेल सुरु हुनुअघि ड्रेसिङ रुममा सहकर्मी खेलाडीहरूलाई आफ्नो सन्यासबारे जानकारी गराएका थिए । त्यसलगत्तै उनको सन्याससम्बन्धी आधिकारिक विज्ञप्ति पनि सार्वजनिक गरिएको थियो।
भावुक हुँदै टोलीलाई सम्बोधन गरेका स्टोक्सले आफ्नो निर्णयको कारणबारे पछि खुलाउने बताउँदै अन्तिम खेलमा सबै खेलाडीले शतप्रतिशत योगदान दिन आग्रह गरे।
‘मैले किन सन्यास लिने निर्णय गरेँ भन्ने विषयमा पछि कुरा गरौँला। तर मैले यो टोली, तपाईँहरू र मभन्दा अघिका खेलाडीहरूका लागि धेरै संघर्ष र मेहनत गरेको छु। अब मसँग केवल एक पटक मात्रै मैदानमा सबै शक्ति लगाउने अवसर बाँकी छ,’ उनले भने ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij