Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक

रसुवागढीमा मालवाहक सवारीसाधन आवतजावतमा रोक

  • काठमाडौं । नेपालको उत्तरी नाका रसुवागढीस्थित मितेरी पुलबाट दुई दिनका लागि सार्वजनिक मालवाहक सवारीसाधनको आवतजावतमा रोक लगाइएको छ ।

    onlinepatrika
    Arghakhachi

    अघिल्लो वर्षको असार २४ गते आएको ल्हेन्देखोला बाढीले पक्की पुल बगाएपछि तत्काल सञ्चालन गर्न बेलीब्रिज जडान गरिएको थियो । उक्त बेलीब्रिजबाट आगामी वर्षायाममा सवारीसाधन चलाउन मिल्ने वा नमिल्ने भनी परीक्षण गर्न यातायात सञ्चालनमा आज र भोलि रोक लगाइएको रसुवाका प्रमुख जिल्ला अधिकारी राजेश पन्थीले जानकारी दिए ।

    AGNI GROUP

    स्थानीय बासिन्दा र मानसरोवर कैलासका यात्रुलाई भने आवतजावतमा कुनै असहज नहुने प्रजिअ पन्थीले स्पष्ट पारे । नेपालबाट केरूङ र केरूङबाट नेपाल भित्रने मालवाहक सवारीसाधनलाई मात्र चिनियाँ सुरक्षाकर्मीले रोक लगाएको जानकारी दिइएको छ ।

    पुलको प्राविधिक परीक्षण सकिएपछि पूर्ववत्रूपमा सञ्चालन हुने इलाका प्रहरी कार्यालय टिमुरेका प्रहरी निरीक्षक विक्रम कुँवरले जानकारी दिए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij