Logo

Jun 29 2026 | २०८३, असार १५ गते

Jun 29 2026 | २०८३, असार १५ गते

उपसचिव हुँ भन्दै ठगी गर्ने ललितपुरकी एक महिला पक्राउ

उपसचिव हुँ भन्दै ठगी गर्ने ललितपुरकी एक महिला पक्राउ

  • काठमाडौं । नेपाल सरकारको उपसचिव हुँ भन्दै ठगी गर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा दैलेखको दुनेचौर गाउँपालिका-५ घर भइ हाल ललितपुर महानगरपालिका-२५ बस्ने ४० वर्षीय जानकी न्यौपाने रहेकी छन् । उनले विभिन्न व्यक्तिलाई फरक फरक परिचय दिई उनीहरुबाट रकम लिएकी थिइन् ।

    onlinepatrika
    Arghakhachi

    काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार उनले पीडितबाट सात लाख ६० हजार आठ सय रुपैयाँ तथा अनुदान तथा ठेक्का मिलाई दिन्छु भनी अन्य केही व्यक्तिबाट समेत रकम लिएकी थिइन् । बाँकी रकम पनि माग्दै गरेको अवस्थामा काठमाडौँको त्रिपुरेश्वरबाट उनलाई पक्राउ गरिएको हो ।

    AGNI GROUP

    उनीमाथि ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान एवं कारबाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij