Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आज तीन संसदीय समितिको बैठक

आज तीन संसदीय समितिको बैठक

  • काठमाडौं । संघीय संसदअन्तर्गत रहेका विभिन्न तीन समितिको बैठक आज (मङ्गलबार) बस्दैछन् । राज्य व्यवस्था तथा सुशासन समितिको ७०औँ बैठक दिनको २ः३० बजे सिंहदरबारमा बस्ने भएको हो ।

    images
    images
    images

    बैठकमा सङ्ंघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि कर्मचारी ट्रेड युनियनसँग छलफल गरिने कार्यसूची रहेको छ ।

    यस्तै, आजै विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बसिरहेको हो । खानेपानीमन्त्री प्रदीप यादवको उपस्थितिमा बिहान ११ बजेपछि बैठक बसिरहेको हो ।

    सिंहदरबारमा जारी बैठकमा खानेपानी, सरसफाइ र स्वच्छताका सम्बन्धमा खानेपानी मन्त्रालयबाट भएका कामकारबाही ÷कार्यप्रगति र अगामी आर्थिक वर्षको बजेटरकार्यक्रम सम्बन्धमा मन्त्रालयको तयारीका बारेका छलफल गरिने कार्यसूची रहेको छ ।

    यसैगरी आज विधायन व्यवस्थापन समितिको ६३ औँ बैठक बस्ने भएको छ । सिंहदरबारमा अपराह्न १ बजे बस्ने बैठकमा संविधान अनुसार बन्न बाँकी कानुनहरूको सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल गरिने छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij