
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । देशमा संघीयतापछि पूर्वाधार विकास निर्माणले गति लिएको छ । तीनै तहका सरकारको पहिलो प्राथमिकतामै पूर्वाधार विकास छ । विकास निर्माणलाई छिटोछरितो गर्न र निर्माण व्यवसायीका समस्या मध्य नजर गर्दै कर्णालीमै पहिलो पटक जेसिबीको २० औं डिलर जुम्लामा सञ् चालन गरिएको छ । आइतबार बिहान जुम्ला सदरमुकाम खलंगामा कर्णाली प्रदेशका सांसद तथा लेखा समिति संयोजक दिनबन्दु श्रेष्ठले डिलरको औपचारिक उद्घाटन गरे । उनले जुम्लामै जेसिबीको डिलर सञ्चालनले कर्णालीको भौतिक पूर्वाधार विकासले गती लिने बताए । एमएडब्लू अर्थ मुर्भस प्रालिअन्तर्गत (जेसिबी) को आधारिक विक्रेताका रूपमा अंकित जनरल स्टोर तथा सप्लार्यसले कर्णालीमै पहिलो जुम्लामा जेविसीको बिक्री सुरु गरेको सप्लायर्सका प्रोप्राइटर सुमन खड्काले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij