Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे प्रधानमन्त्री ओलीलाई

भारतीय ऊर्जामन्त्री खट्टरले भेटे प्रधानमन्त्री ओलीलाई

  • काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय माननीय ऊर्जा तथा आवास मामिला मन्त्री मनोहर लाल खट्टरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार भेटवार्ता गरेका छन् ।

    images
    images
    images

    मन्त्री खट्टर मंगलबार संखुवासभा स्थित अरुण तेस्रोको पावर हाउस र बाँध निर्माणस्थल पुगेर आएका थिए । उनले बुधबार मुस्ताङको मुक्तिनाथमा दर्शन गरेर फर्किएपछि ओलीसँग सिंहदरबारमा भेटवार्ता गरेका हुन् ।

    भेटका क्रममा भारत र नेपालबीचको घनिष्ठ र मैत्रीपूर्ण सम्बन्धलाई पुनर्पुष्टि गर्दै दुई नेताहरूले ऊर्जा क्षेत्रमा सहयोगलाई सुदृढ पार्ने उपायबारे छलफल गरेको बताइएको छ ।

    दुई दिने भ्रमणका क्रममा मंगलबार नेपाल आएका खट्टरले भारतीय लगानीमा निर्माणाधीन अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस र बाँध क्षेत्रको स्थलगत अवलोकन गरेका थिए । त्यही अवसरमा उनीहरूले आयोजनाको ‘युनिट–२’ को संयुक्त रूपमा उद्घाटन गर्नुका साथै वृक्षारोपण पनि गरे । 
    ्त्यसक्रममा ऊर्जामन्त्री दीपक खड्काले नेपालको ऊर्जा क्षेत्रको विकासमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद दिएका थिए । 

    भारतका विद्युत् मन्त्री खट्टरले नेपाल जलविद्युत्को क्षेत्रमा अपार सम्भावना भएको मुलुक भएकाले ऊर्जा क्षेत्रबाटै समृद्धि हासिल गर्न सकिने बताएका थिए । 

    उनले अरुण तेस्रो जलविद्युत् आयोजना चाँडो सम्पन्न गर्न सके दुवै देशलाई फाइदा हुने भएकाले समयमै सक्नुपर्नेमा जोड दिएका थिए । भारत सरकार नेपालको जलविद्युत् क्षेत्रमा लगानी गर्न तयार रहेको उनको भनाइ थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij